विश्लेषण — रसुवागढी नाका, रक्तचन्दन तस्करी र जिम्मेवार निकायको मौनता
रसुवा खबर · वर्ष १, अंक ३३ · २०६८ जेठ १४ गते शनिबार
विकासको दौडमा कतै सहभागी जस्तो र कतै असहभागी जस्तो देखिएको राजधानीबाट निकट रसुवाले कतै धनात्मक कला बोकेको छ त कतै ऋणात्मक कला। धनात्मक र ऋणात्मक कलाभित्र रसुवामा अर्कै खालको कला — दुर्कला पनि छ।
धनात्मक र ऋणात्मक कला
प्राकृतिक, पर्यटकीय, ऐतिहासिक, धार्मिक, भौगोलिक र सांस्कृतिक सम्पदाको महत्वले रसुवालाई धनात्मक कला प्रदान गरेको छ। अशिक्षा, बेरोजगारी र भूप्रकोपले रसुवालाई ऋणात्मक कला दिएको छ।
✔ धनात्मक कला
प्राकृतिक · पर्यटकीय · ऐतिहासिक
धार्मिक · भौगोलिक · सांस्कृतिक
धार्मिक · भौगोलिक · सांस्कृतिक
✘ ऋणात्मक कला
अशिक्षा · बेरोजगारी · भूप्रकोप
तस्करी · अवैध व्यापार
तस्करी · अवैध व्यापार
रसुवागढी नाका : पहिचानको बीचमा दुर्कला
त्रिशूली, गल्छी, स्याफ्रुबेसी, रसुवागढीसम्मको अन्तर्राष्ट्रिय मार्गले रसुवालीको भाग्यलाई दिशानिर्देश गरिरहँदा रसुवागढीले अझै ऐतिहासिक महत्व बोकेको छ र यो रसुवालीको पहिचान हो भनेर सबैले भनिरहेका छौं, यसमा सबैको सहमति छ। यसरी अत्यन्त महत्व बोकेको त्यही ऐतिहासिक स्थल भनौं या अन्तर्राष्ट्रिय मार्ग — रसुवागढी नाकासँग अहिले धनात्मक वा ऋणात्मक भन्दा बेग्लै रूपको दुर्कला जोडिएको छ। यही नाकाले केही दिन अघि रक्तचन्दनको अवैध व्यापार गर्यो।
“सर्वत्र सुरक्षा निकायको बीचबाट जाने अवैध वस्तुले धेरै नगद खर्चेको छ र धेरैको मुखमा बुझो लगाएको छ भनेर सर्वसाधारणले भनिरहेका छन्।”
तातोपानीको विकल्प बन्दै रसुवागढी
केही समय अघि जिविसको बजेट सार्वजनिक गर्दा सभासद प्रेम तामाङले पनि अहिले भएको दुर्कलाको सम्भावना बढेको बताएका थिए। सिन्धुपाल्चोकको तातोपानीमा हुने गरेको तस्करको विकल्प रसुवागढी बन्दै गरेको र बन्नु हुँदैन भन्दै यसको विरूद्धमा सञ्चारकर्मीले कलम चलाउन पर्नेमा सभासदको जोडसँगै रसुवा खबरले उक्त दुर्कलाको सम्पादकीय समेत लेख्नु पर्यो।
रक्तचन्दन : हिजो र आज
पहिलेदेखि नै रक्तचन्दन जस्तो अवैध मानिएको वस्तुको चोरी पैठारी हुने गरेको थियो यहाँबाट। केही वर्षअघि रक्तचन्दन ट्रकका ट्रक खोसिएको पनि थियो तर आजभोलि खोस्ने मान्छेहरू कता गए — सायद उनीहरू पनि कतै नगद नारायणको लेनदेनमा त सहभागी भएनन्?
यात्रुको झोला र ट्रकको रक्तचन्दन
🎒
यात्रुको हातेझोला
सुरक्षाकर्मीले खोलेर
जाँच्छन् ✔
जाँच्छन् ✔
🚛
६ टन रक्तचन्दन
सुरक्षाकर्मीले
देखेनन् ✘
देखेनन् ✘
सवारी साधनको अपर्याप्तता रहेको कारण हामीहरू डरलाग्दा भीर पहरामा कठिनपूर्ण बसको छतमा यात्रा गरिरहेका छौं। जति कठिन भएपनि सुरक्षाकर्मीको अगाडि छतबाट ओर्लेर हामीले सभ्यता देखाइरहेका पनि छौं। बसको छतबाट जसरी यात्रुहरू ओरालिन्छन्, त्यसरी नै रक्तचन्दनका ठेउकाहरू किन ओरालिँदैनन् — यो गम्भीर प्रश्न सुरक्षाकर्मीलाई जनताले गरिरहेका छन्।
“यात्रुलाई ओराल भने ओराल्यौं, तर रक्तचन्दन ओराल्न भनेका छैनन् त्यसैले ओरालेनौं” — सुरक्षाकर्मीको जवाफ यही हुन्छ कि जस्तो लाग्छ यो पंक्तिकारलाई।
जिम्मेवार निकायकै संलग्नता?
चोरी निकासीका मामलामा सुरक्षाका प्रमुखहरू आफैं मुछिएका छन् भन्ने आरोप हिजोदेखि लाग्दै आएको छ। भारतको रक्तचन्दन मात्र नभई रसुवाकै धूपीलगायतका बहुमूल्य वन पैदावार चोरी पैठारीमा जिम्मेवार निकायको नै संलग्नता हुने गरेको समाचार पनि पढ्न पाएका छौं। त्यस्तै व्यवहारका कारण हुन सक्छ आज रसुवागढी नाकाले रसुवालीको भाग्य चम्किलो हैन धमिलो बनाएको छ।
अब कसरी रोक्ने?
यस्तो भयो भनेर भन्नुभन्दा पनि अब कसरी रोक्ने भन्ने विषय महत्वपूर्ण रहेको छ। सुरक्षाकर्मी र प्रशासनिक निकायको सहयोग विना अवैध व्यापार गर्न पनि सक्दैन र रोक्न पनि सकिँदैन। देश र जनतालाई सुरक्षा दिन खटिएका सुरक्षाकर्मी वा तिनका निकायबाट जिम्मेवारीपूर्वक वा देशले दिएको कार्यभार पुरा गर्न नसक्दा नै यी र यस्ता खालका अवैध क्रियाकलाप हुन्छन्। त्यसैले यात्रुलाई छतबाट ओराल्नुभन्दा पनि अवैध व्यापार रोक्न सुरक्षा निकाय तत्पर रहनुपर्छ।
तस्करभित्रको तस्कर
तस्कर जहाँको मान्छेले गरेपनि रोक्नको लागि मुख्य केन्द्र रसुवामा छ। कुन् र कहाँको तस्करले अवैधानिक तवरले कार्य गर्यो भन्दापनि अवैधानिक वस्तुको आयात निर्यात नरोकेर सुरक्षा निकायले झन तस्कर गरेको छ। जडिबुटीजन्य वन पैदावारको संरक्षण वा जैविक विविधता संरक्षणको नारा लाङटाङ राष्ट्रिय निकुञ्जले लगाइरहँदा रक्तचन्दनलगायतका स्थानीय वा बाह्य अवैध काठ व्यापारलाई रोक्न चासो किन देखाउँदैन त?
लाङटाङ राष्ट्रिय निकुञ्ज
वन कार्यालय
जिल्ला प्रशासन
प्रहरी कार्यालय
वन कार्यालय
जिल्ला प्रशासन
प्रहरी कार्यालय
निकुञ्ज, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायतका निकायहरू जिम्मेवार भएमा तस्कर रोक्न सकिन्छ। तस्करभन्दा पनि रोक्नको लागि खटिएका निकायले नरोक्नु ती निकायहरू ‘खबरभित्रको खबर’ भनेझैं ‘तस्करभित्रको तस्कर’ हुन्।
“एकातिर जनता अन्याय भएको तर प्रशासन र सुरक्षा निकायले चासो नदिएको भनिरहँदा र अर्कोतिर सबैको मिलेमतोमा अवैध व्यापार भयो भनिरहँदा जिम्मेवार निकायले रोकथामका लागि कडाई नगर्नु वा उत्तर समेत नदिनु बिडम्बना हो।”
रसुवा खबर · वर्ष १, अंक ३३ · २०६८ जेठ १४ गते शनिबार
साभार: रसुवा खबर साप्ताहिक
