भानुको सम्झनामा

🪶

भानुको सम्झनामा

✦ आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली ✦

आदिकवि भानुभक्त आचार्य

❖ १ ❖

जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ
पण्डित्‌को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ ।
जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित
त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।।

❖ २ ❖

यिन्कै हात महाँ थियो बल बहुत् सीर्जीय रामायण
माला, भक्ति, बधू, रसै अरु अनेक् प्राचीन पारायण ।
लेख्दै ज्ञान बिचारका तवरले श्री राम गीता पनि
घर् घर्का सबले त गाउन भनी छोडी गएछन् अनि ।।

❖ ३ ❖

प्रश्नोत्तर् गुण गानले भरियको गीता सबैमा बन्यो
जाग्यो ज्ञान र प्रेरणा त उनमा घाँसी कुवा जाँ खन्यो ।
आऊ भानु उदाउ फेरि जगमा जोड्दैछु मै अञ्जली
भाबै देखि चढाई आदि कविमा हज्जार श्रद्दाञ्जली ।।


✍️ रचना: प्रेमप्रसाद पौडेल  |  २०६३ आषाढ २९ बिहीवार

🪶 आदिकवि भानुभक्त आचार्यलाई हजारौं श्रद्धाञ्जली 🪶

Leave a Reply

Your email address will not be published. Required fields are marked *