अपाङ्गको पीडा बुझौं
✦ गीत ✦

अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी
….. उनीहरूलाई छेकी छेकी
अपाङ्गलाई गर्नुपर्छ दिलैदेखि सारै माया
अघि बढ्न मद्धत पुग्छ हिँड्न सक्छन् दाँया बाँया ।
नबोल्नेलाई बोल्न सक्ने बनाउनुछ आजैदेखि
व्यवहारिक बनाउनुछ उनीहरूलाई भेटीभेटी ।।
✍️ प्रेमप्रसाद पौडेल
अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी
….. उनीहरूलाई छेकी छेकी
यो संसार फूल हो कि या त यहाँ काँडैकाँडा
सम्म छ कि यो धरतीमा होला भनी डाँडैडाँडा ।
छुट्याउन नसक्नेलाई दिनु पर्छ दुईटा नयन
त पो हुन्छ यो धरतीमा शान्ति, सुख, अमन, चयन ।।
अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी
….. उनीहरूलाई छेकी छेकी
आफैं खान नसक्नेलाई खुवाईदिनु धर्म हाम्रो
फोहोर भाको भए सुग्घर गरिदिनु कर्म हाम्रो ।
विचरालाई सहयोग गरे धर्म अर्को गर्नु छैन
स्वर्ग जाने बाटो रोजौं नरकमा पर्ने छैन ।।
अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी
….. उनीहरूलाई छेकी छेकी
सधैंभरि पिल्सीराछन् पाउँदा पाउँदै यिन्ले पीडा
जीवन यिन्को सहज होला हाम्ले केही आर्जन दिँदा
दिनुपर्छ अवसर अपाङ्गलाई दिलैदेखि
सहयोग गरौं अपाङ्गलाई सँधैभरि भेटीभेटी ।।
अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी
….. उनीहरूलाई छेकी छेकी
🎧 गीत सुन्नुहोस्
💛 अपाङ्गतामा सहयोग गरौं, समाज बनाऔं समावेशी 💛
