भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना
✦ प्रेमप्रसाद पौडेल ✦

❖ १ ❖
त्रियासी साल् भाद्र दश बुधबार्को दिनमा
मडारिँदै भोटेकोशी आयो छिनमा ।
लाङटाङ् लिरूङ् ग्ल्यासेर् पहाड् ताल्तलैया फुटेर
सुनामी झैं आयो मान्छे लग्यो लुटेर ।।
❖ २ ❖
एकाबिहानै आइहाल्यो रसुवाको नाकामा
मडारिँदै उड्दै उड्दै पाखापाखामा ।
एकैछिन्मा हल्ला भयो सपना कि विपना
धेर् जनाको भैसक्यो रे एकै चिहान ।।
❖ ३ ❖
धेरै मान्छे, गाडी बगे अफिस्, घर टहरा
हाईड्रोपावर्, पुल्पुलेसा बगे पहरा ।
धेरै जना परिसके लाशमाथि लाश छ
तै नी कतै अल्झ्या छन् कि झिनो आश छ ।।
❖ ४ ❖
विद्युत्, सञ्चार बन्द भयो छैन अब खबर
छिनभर्मै गाउँ, बस्ती बने बगर ।
प्रकृतिको नियम को सक्छ ? र थुन्नलाई
नपरोस् है मान्छे बगे भन्ने सुन्नलाई ।।
❖ ५ ❖
नाकादेखि घट्टेखोला, टिमुरे, स्याफ्रुबेसी
हाकु, मैलुङ्, शान्तिबजार पहिरेबेशी ।
खाल्टेबगर, सोले मास्दै बेत्रावती छोपियो
देख्ने, सुन्ने सब्जनाको मुटु रोकियो ।।
❖ ६ ❖
टिमुरे र स्याफ्रुसम्म केही सूचना भएन
यति माथि बाढी आउँछ मन्मा रहेन ।
खबर् भाको ठाउँमा पनि कुनै विश्वास् मानेनन्
भागौं भन्दा कोही भागे, क्वै चाहिँ भागेनन् ।।
❖ ७ ❖
रसुवालाई मास्दै मास्दै नुवाकोट्मा आइहाल्यो
भैंसे, तुप्चे र अक्करे बगर् भैहाल्यो ।
नुवाकोट् र धादिङ हुँदै चितवन पुगिगो
देख्ने, सुन्नेको ओठ, तालु सुकिगो ।।
❖ ८ ❖
खेत्बारीमा काम गर्ने, स्कुल जाने विद्यार्थी
सेना, पुलिस्, कर्मचारी, शिक्षक् हुन् कति ?
कति परे, कति घाईते लेखाजोखा रहेन
पीडा पर्यो यो मन् थाम्ने ठाउँ भएन ।।
❖ ९ ❖
गोसाइँकुण्ड आउने, जाने तीर्थालु नि परेछन्
हरे दैव ! इश्वरले यो के गरेछन् ?
मान्सरोबर् आउने जाने कति परे था छैन
यो पीडाको कसोगरि गरौं बयान ??
❖ १० ❖
हाइड्रोपावर्, नाका, गढी, देवताका थान्हरू
एकैछिन्मा ध्वस्त भए सबै शान्हरू ।
मान्छे पनि यस्तो होला क्वै विश्वास्मा परेनन्
हेरीरहे इश्वरले केही नी गरेनन् ।।
❖ ११ ❖
सर्कार्बाट सुरु भयो घाइते जन्को उद्दार
आकाशमा हेलिकप्टर थुप्रै उडार ।
प्रकृतिको नियम हुन्न अब रोएर
पुननिर्माणमा जुटौं छाती छोएर ।।
✍️ प्रेमप्रसाद पौडेल
▶️ भिडियो हेर्नुहोस्
🌊 भोटेकोशी बाढीका पीडितप्रति हार्दिक समवेदना — पुनर्निर्माणमा जुटौं 🌊
