म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

लेख्न नचाहँदा पनि अनायासै कविता बन्ने लेखनको रहस्य

लेखन र कविताको प्रतीक - Desert Traveler Badge

लेख्न नचाहँदा पनि कविता बन्ने — लेखनको अनौठो यात्रा

आजभोलि म लेख्दिन भन्छु — लेख, रचना र कविता। तर लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ। यो कविता लेख्ने जमर्को नगर्दा पनि लेखन आफैं बग्ने कुरा हो।

खै मलाई थाहा छैन, किन म लेखिरहेर लेख्दिन भन्छु। लेख्दिन भनेर लेखिरहँदा त्यो आफैंमा लेख वा कविता भएछ।

कविता : यसलाई म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ
।।१।।

आजभोलि म लेख्दिन भन्छु
लेख, रचना र कविता
लेख्दिन भनेर लेखिरहँदा
आफैं लेख वा कविता बनिँदो रहेछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१

।।२।।

खै मलाई थाहा छैन
किन म लेखिरहेर लेख्दिन भन्छु
लेख्दिन भनेर लेखिरहँदा
त्यो आफैंमा लेख वा कविता भएछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।। २

।।३।।

भन्दिन म लेख्दिन भनेर
लेखिएरै छाड्छ भने
लेख्दिन भनेर लेखिरहँदा
अनायासै कविता पो बन्न गएछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।। ३

“लेख्दिन भनेर लेखिरहँदा अनायासै कविता पो बन्न गएछ — लेखन आफैं बग्ने कुरा रहेछ।”

“म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ।”

कविता · लेखनको रहस्य
लेख्न नचाहँदा पनि लेखिने कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *