रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका

विश्लेषण — तीन सम्पदा, एउटै भविष्य

हिजोसम्म दुर्गम, अशिक्षित र दुर्दशाको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ। देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन्। केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिँदै आएको छ। अझ भन्दै पर्दा रसुवाको नाममा पर्याय बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ।

विकासका तीन स्तम्भ
⚡
जलविद्युत
चिलिमे केन्द्र
🏔️
पर्यटन
लाङटाङ, गोसाइँकुण्ड
🌉
रसुवागढी नाका
चीन–भारत व्यापार

चिलिमे जलविद्युत केन्द्र : लक्ष्यभन्दा बढी उपलब्धि
चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ। आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र।
लक्ष्य (आव २०६७/६८)
१३ करोड २७ लाख
युनिट
वास्तविक उत्पादन
१५ करोड १ लाख
युनिट ✔
उत्साहजनक उपलब्धिलाई हात पार्दै रसुवागढी, मध्ये भोटेकोशी, साञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन तथा विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ।

पर्यटन : रसुवालीको भाग्यरेखा
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्‍याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ। लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रित पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरू क्षेत्रलाई पनि समेट्दै छ।
लाङटाङ
गोसाइँकुण्ड
क्याङ्जेन गुम्बा
सुन्दर हिमाल
रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान्। कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन्। दशकौंदेखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगत, सामाजिक दुवै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन्।

रसुवागढी नाका : दुई देशको साँघु
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्‍याउन सक्छन् वा सम्भावना देखिएको छ, त्यत्ति नै रसुवागढी नाकाको पनि छ। चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुवै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ। रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं।

तीनै क्षेत्र एक-अर्काका परिपूरक
रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्र, पर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन्। जलविद्युत विकासका हिसाबले सम्भावना रहेका वा विकासका निमित्त सूचीकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस्।
⚡ जलविद्युत → दाउरा प्रयोगमा कमी
🌲 वन संरक्षण → पानीका मुहान संरक्षण
💧 मुहान संरक्षण → जलविद्युतको दिगो व्यवस्थापन
यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्, यसबाट मात्र रसुवाको जलविद्युतको दिगो व्यवस्थापनमा सहयोग पुर्‍याउँछ।

उज्यालो पुर्‍याउने सपना
जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्‍याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्ड, लाङटाङसम्मका बस्तीहरू चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको सेयरधनी बनेको सार्थक हुनेछ।
यार्सा → गतलाङ
बेत्रावती → गोसाइँकुण्ड
लाङटाङ

पर्यटन र जलविद्युतको अन्तरसम्बन्ध
व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्‍याउन सक्छ। हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्‍याउँछ, वनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्‍याउँछ। यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन्। समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन्।

“समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन्।”

रसुवा खबर · विकास विश्लेषण
साभार: रसुवा खबर साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *