तेस्रो गन्तव्यका चुनौति

लाङटाङको पर्यटकीय सम्भावना, सुरक्षा चुनौती र दिगो विकासको खोजी

लाङटाङ — चुनौति र दिगो पर्यटन

लाङटाङ — तेस्रो पर्यटकीय गन्तव्यका चुनौति र सम्भावना

सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मुख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ।

अग्ला चुचुराका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहासदेखि नै स्वदेशी तथा विदेशी पर्यटक र त्यहाँका स्थानीयलाई आश्रय मात्र दिएन, शैक्षिक तथा जीवन सुधारमा नवपिँढीलाई विदेश गमनको मार्ग पनि खुल्ला गरिरहेको छ।

लाङटाङका पर्यटकीय सम्भावना
पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ। पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ। छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ।
पहिलो हिमाली निकुञ्ज
याक चिज उत्पादन
माउन्टेनियरिङ स्कूल
गोसाइँकुण्ड मेला
डुक्पा छेच्यु
विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू र रामसार सूचीमा परेको गोसाइँकुण्ड ताल यहाँका आकर्षणका केन्द्रविन्दु हुन्। यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस क्षेत्रले।

“यहाँको पर्यटन व्यवसायलाई दिगो बनाउन सम्भावनासँगै चुनौतिहरू पनि त्यत्तिकै छन्।”

पर्यटनका चुनौतिहरू
घुम्न आउने पर्यटक हराउनु, मृत भेटिनु र मृत वा हराएको के हो भन्ने थाहा नै नपाउनु यहाँको पछिल्लो समयको समस्या हो। गतवर्ष घाँटी छिनालिएकी बेल्जियमकी नागरिक डेभी माभ्युको काण्डले झन् पर्यटक तथा पर्यटन व्यवसायीमा सन्त्रास फैलिएको छ। उनको हत्या अहिलेसम्म रहस्यमय नै छ। त्यस्तै अमेरिकी ओब्री क्यारोलिन स्याको पनि २०६७ बैशाख ७ गतेदेखि हराइरहेकी छिन्।
मुख्य चुनौतीहरू:
  • पर्यटक हराउने र मृत भेटिने घटना
  • लाङटाङ प्रवेश शुल्क एक हजारबाट तीन हजार पुग्नु
  • तामाङ सम्पदा मार्गका व्यवसायीको शुल्क विवाद
  • वनजन्य सम्पदाको अधिकतम प्रयोग र दाउराको अत्यधिक प्रयोग
  • चोरी सिकार तथा अवैध व्यापार
  • फोहोर मैला व्यवस्थापन नहुनु
  • खानाको उच्च मूल्य र मूल्य अनुसारको सानो आकार
रसुवामा पर्यटकीय गतिविधिका लागि तीन मार्गहरू छन्। एउटा तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ, गोसाइँकुण्ड क्षेत्र, दोस्रो भरखरै विकास भएको तामाङ सम्पदा मार्ग र अर्को कहिलेकाँही क्याम्पिङ चल्ने वा सम्भावित विकासोन्मुख मार्ग लोकिल, सिपाङ, यार्सा मार्ग। तामाङ सम्पदा मार्ग लाङटाङ राष्ट्रिय निकुञ्जभित्र नपर्ने तर प्रवेशद्वार यही भएकोले शुल्क तिर्नु पर्दछ। विशेष गरी तामाङ सम्पदा मार्गका व्यवसायीले छुट अथवा शुल्क लिन नहुने बताइरहेका छन्।

समाधानका उपायहरू
यसरी हेर्दा थुप्रै चुनौतीहरू रहेपनि त्यसका समाधान भने नभएका हैनन्। पर्यटक हराउने वा मृत भेटिने घटनाका विषयवस्तुलाई लिएर विभिन्न व्यक्ति, कम्पनी तथा निकायले पर्यटकहरूलाई एक गाइड वा भरिया अनिवार्य लिएर जाने नियम बनाउनु पर्छ पनि भनिरहेका छन्।
सुझावहरू:
  • नवीकरणीय ऊर्जा प्रविधिको विकास गरी प्रयोग गर्ने
  • फोहोर मैला उचित व्यवस्थापन तथा पुनः प्रयोगका लागि अभ्यास गर्ने
  • व्यवसायीहरूको पनि लगानी जुटाउने
  • पर्यटकको सुरक्षाका निमित्त प्रभावकारी व्यवस्था गर्ने
इन्धनको प्रयोगले जैविक विविधताको संरक्षणमा देखिएको चुनौति कम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास गरी प्रयोग गर्न सकिन्छ। वातावरणीय ह्रास आउने गतिविधि फोहोर मैला उचित व्यवस्थापन तथा पुनः प्रयोगका लागि अभ्यास गर्न सकिन्छ। नेपालको तेस्रो पर्यटकीय गन्तव्यको दिगो पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूको पनि लगानी जुटाउनु आवश्यक छ।

“गर्दा नहुने कुरा केही छैन, मात्र छ इमान्दार प्रयासको खाँचो।”

पर्यटन · लाङटाङ · दिगो विकास
तेस्रो गन्तव्यका चुनौति र समाधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *