घरेलु वायु प्रदूषण, महिला र बालबालिकामा स्वास्थ्य जोखिम र समाधानको खोजी

घरभित्रको धुँवा — रोग निम्त्याउने चौथो कारक तत्व
विश्वमा अरु देशको तुलनामा नेपालमा घरेलु वायु प्रदूषण १५ गुणाले बढी छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब १६ लाख मान्छे घरभित्रको धुँवाको कारण मर्ने गरेका छन्। १५ प्रतिशत बढी समस्या भएको तुलनामा नेपालमा धेरै मान्छे धुँवाका कारण मर्ने गर्छन्।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो। यहाँका प्रायशः स्थानहरूमा खाना बनाउनको लागि दाउराको प्रयोग हुने गर्दछ। खाना बनाउनकै लागि नयाँ प्रविधि वा दाउराको विकल्प नहुँदा धुँवाले हुने समस्याबाट मानव समाज आर्थिक संकटमा फस्नु एकातिर छ भने अर्कोतिर वन विनासको मारले वातावरणमा निकै समस्या ल्याइरहेको हुन्छ। दुषित हावा, फोहोर पानी, असुरक्षित यौन सम्पर्क पछि चौथो रोग निम्त्याउने माध्यमको रूपमा घरभित्रको धुँवा रहेको मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे बताउनु हुन्छ।
भान्छाको व्यवस्थापन र बढ्दो रोग
दिनहुँ प्रयोग गर्ने भान्छाको उचित व्यवस्थापन गर्न नसक्दा वा भान्छामा धुँवा कम गर्न नसक्दा वर्षौंनी रोग फैलदै गएको छ। र उपचारको लागि धेरै रकम खर्च भइरहेको छ। प्रत्यक्ष रूपमा यसको समस्या देखिँदा देखिदै हाम्रो समाजमा समाधान वा न्यूनीकरणका लागि ठोस कदम चालिएको छैन। भान्छामा बसेर जीवन बिताउनु पर्ने गृहिणी वा भान्छेले धुँवाको समस्यालाई चिन्न नसकेसम्म समाधानको लागि सरलता आउन सक्दैन। जबसम्म प्रयोगकर्ताले यो समस्या हो भनेर बुझ्दैनन् तबसम्म समस्या समाधान हुने अवस्था सिर्जना हुन सक्दैन।
“दुषित हावा, फोहोर पानी, असुरक्षित यौन सम्पर्क पछि चौथो रोग निम्त्याउने माध्यमको रूपमा घरभित्रको धुँवा रहेको छ।”
मोबाइलको मजा, धुँवाको पीडा
अहिले हामी देखिरहेका छौं घरघरै मात्र नभई व्यक्ति पिच्छे कम्तीमा एक एक वटा मोबाइलहरू छन्। कसै कसैका हातमा बहु मोबाइलहरू देख्न सकिन्छ। अझ त्यत्ति मात्र नभई परिवर्तन गरी गरी मोबाइलहरू प्रयोग गरिएका छन्। त्यसमा कति खर्च भएको होला — सायद सबैसँग हिसाब छ तर धान्न नसकिने अवस्था भए पनि प्रयोग भने गरिएका छन्। तर दिनहुँ पेट भर्नको लागि प्रयोग हुने भान्छाको व्यवस्थापनमा ध्यान पुग्न सकेको छैन। अन्धधुन्ध अँध्यारो र धुँवैधुँवा भएको भान्छामा जीवन बरबाद भइरहेको सबैले बुझ्न सकेका छन् या छैनन् तर थरीथरीका मोबाइलमा थरीथरीका संगीतको मजा लिँदै धुँवा पिइरहेका छन् महिलाहरू।
महिला र बालबालिकामा प्रभाव
धुँवाले सिङ्गो समाजमा नै असर पुर्याइराखेको छ तर विशेष गरी धुँवाको समस्याबाट पीडित हुने वर्गमा महिला र उनीसँगै भान्छामा बस्ने बालबालिका पर्ने गर्छन्। श्वासप्रश्वास र फोक्सो तथा मुटु सम्बन्धी रोगहरू घरभित्रकै धुँवाका हाम्रामाझ भित्रिने गर्छन्।
निमोनिया
दम
क्षयरोग
मुटु रोग
आँखा रोग
मानसिक तनाव
दम
क्षयरोग
मुटु रोग
आँखा रोग
मानसिक तनाव
मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा हानी पुर्याउने घरभित्रको धुँवा रोग भित्र्याउने चौथो प्रमुख कारक तत्व भएपनि एउटा महिला तथा गृहिणीलाई जतिसुकै बेला पनि भान्छा वा धुँवामा बस्नु पर्ने वाध्यता छ। घरभित्रको धुँवाकै कारण बालबालिकामा निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्ने गर्छन्। र अकालमा नै उनीहरूको ज्यान गइरहेको हुन्छ। धुँवाको समस्या समाधान नगर्दा गर्भको बच्चामा समेत प्रतिकुल असर, मानसिक तनाव, आँखा सम्बन्धी रोग, मुटुको रोग, दम, क्षयरोग जस्ता प्राणघातक रोगको सिकारमा हाम्रो समाज रुमल्लिरहेको छ।
समाधानको खोजी र जिम्मेवारी
घरभित्रको धुँवा हटाउनको लागि विभिन्न प्रविधिहरूको विकास भइसकेको छ तर प्रविधि एकातिर, समस्या र चेतनास्तर अर्कातिर भइराखेको छ। समाजका अगुवा तथा बुझक्कडहरूले नै यसको समाधानका लागि बुझ पचाई राखेको अवस्था छ। समस्या सामान्य जस्तै देखिए पनि वास्तविकतामा जटिल छ। घरभित्रको धुँवा हटाई स्वस्थ तथा समुन्नत समाज निर्माणको पाटोमा लाग्नु सबैको अबको जिम्मेवारी हो। वनजंगल जोगाउने नारा लिएर समाजमा कार्यरत व्यक्ति वा संस्थाले धुँवा न्यूनीकरणमा एक कदम योगदान दिन सके वातावरणमा मात्र नभई व्यक्तिको आय आर्जनमा वृद्धि गर्न सकिन्छ। दाउराको प्रयोगमा कमी ल्याउँदै वा दाउराको विकल्प दिन सकेमा मात्र जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सम्भव छ। दाउराको विकल्प दिन नसके वन जंगल संरक्षणको कुरा सम्भव छैन र वन जंगलको संरक्षण विना जलवायु परिवर्तनको समस्या न्यूनीकरण सम्भव छैन।
“इन्धन प्रयोग विना मानव जीवनको परिकल्पना गर्न सकिँदैन। चौथो रोग भित्र्याउने तत्व ‘घरभित्रको धुँवा’ न्यूनीकरणमा सहयोग पुर्याऔं, स्वस्थ भई बाँचौं।”
घरभित्रको धुँवाको बारेमा सन्देशमूलक गीत
स्वास्थ्य सचेतना · वातावरण · घरेलु वायु प्रदूषण
घरभित्रको धुँवा — रोग निम्त्याउने चौथो कारक तत्व
