पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा
✦ राष्ट्रियता र एकताको कविता ✦

❖ १ ❖
मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता
मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ?
मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ
व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।।
❖ २ ❖
कौनै जात अरे त कौन कुन हो – यस्तै कुनै भानमा ।
नेता खण्डित नै हुँदा जगतमा विश्वास घट्दै गए
यूवाशक्ति विशाल स्वप्नसहितै सारा पराया भए ।।
❖ ३ ❖
शान्ती क्षेत्र भनेर यो चिनियको सारा कुरा बिर्सदै
नेता राज रहे त कल्मषी भए यै मट्मिा कुल्चदै ।
माटो मानिसमा अमुल्य रहँदा बन्दै गए घायल
नेपाली भूमिका सबै नगरिमा देखिन्न है उज्वल ।।
❖ ४ ❖
कालीमा नदुखे कहाँ प्रिय भयो – यो देश मेरो भनी
साराको दुःख देख्नु पर्छ सहजै मेची र काली बनी ।
कौनै धर्म र जातिका तवरले यो देश चुड्ने भए
छातीमा परि वेदना जगतको भेटिन्न कैल्यै जय ।।
🇳🇵 मेचीदेखि कालीसम्म — एकता हाम्रो शक्ति, माटो हाम्रो पहिचान 🇳🇵
