आदिकवि भानुभक्त आचार्यको योगदान र १९९औं भानु जयन्तीको अवसरमा श्रद्धाञ्जली

आदिकवि भानुभक्त आचार्य — नेपाली भाषा साहित्यका प्रणेता
साहित्य मानव जीवनको अपरिहार्य गहना हो। सबै मानवलाई केही न केही रूपमा साहित्य मन पर्छ। कसैलाई साहित्य सिर्जना गर्न मन लाग्छ, कसैलाई गाउन मन लाग्छ भने कसैलाई गाएको सुन्न मन लाग्छ। कसैलाई यी तीनै विधा मन पर्छ, कसैलाई लेख्न र गाउन मन पर्छ त कसैलाई लेख्न र सुन्न मन लाग्छ। खासगरि साहित्य सिर्जना गर्ने व्यक्तिलाई तीनै विधाहरू मन पर्छ। यसरी हेर्दा कसैले गाएर, कसैले सिर्जना गरेर त कसैले अरूले गाएको सुनेर भने पनि साहित्य मन पराइराखेका हुन्छन्।
साहित्यको पाटोमा परापूर्व कालदेखि नै विभिन्न साहित्यकारहरूले साहित्य सिर्जना गरेर आजसम्म हामीले गाउनको लागि छाडेर गएका छन्। ती मध्ये आदिकवि भानुभक्त आचार्य एक हुन्। नेपाली भाषा साहित्यका लागि उनले गरेको योगदान नेपाली समाजमा सधैं उल्लेखनीय भएर रही रहनेछ।
रामायण : आदिकविको अमर सिर्जना
आदिकविले सिर्जना गरेको रामायण आज पनि हाम्रा समाजमा प्राथमिकताका साथ वाचन हुने गरेका छन्। एक्लै वा समूहमा स्वर मिलाएर उक्त श्लोकहरू गाउँदा युवायुवतीदेखि बालबालिकासम्म मोहित हुन्छन्।
आदिकवि भानुभक्तले रचना गर्नुभएको रामायणदेखि लिएर विभिन्न धार्मिक वा ऐतिहासिक छन्दात्मक ग्रन्थहरू आज समाजको सम्पत्तिको रूपमा स्थापित भइरहेका छन्। प्राचीन समयमा त सबैका घरघरमा रामायणका पुस्तकहरू वाचन हुने गरेका थिए।
“शार्दुलविक्रीडित छन्दलाई पूर्वीय साहित्यको क्षेत्रमा लोक छन्दको रूपमा स्थापित भएको पाइन्छ। शार्दुलविक्रीडित छन्दमा लेखिएका पुस्तकहरूले अन्य पुस्तकभन्दा बढी स्थान पाइराखेका हुन्छन्।”
शार्दुलविक्रीडित छन्द र भानुभक्तको योगदान
नेपाली समाजमा अत्यन्त लोकप्रिय बनेको शार्दुलविक्रीडित छन्द आदिकवि भानुभक्तको पालादेखि अत्यन्त लोकप्रिय हुँदै आयो भनिएको छ। आदिकविबाट नै सुरू भएको यो छन्द नवीन युगमा पनि धेरै साहित्यकारहरूले सिर्जनाको लागि प्रयोग गर्ने गरेका छन्।
शार्दुलविक्रीडित छन्द
म, स, ज, स, त, त गणका तीन तीन र अन्तिममा दीर्घ एक अक्षर गरी उन्नाइस अक्षर
हुन त २ सय भन्दा बढी छन्दहरू रहेको नेपाली साहित्यमा धेरै छन्दहरू लोकप्रिय छन्। ती धेरै छन्दहरूको बीचमा लोक छन्दको संज्ञा पाएको यो छन्दलाई गणको परिचयसहित आधुनिक कवि देवी नेपालले यसरी परिभाषित गरेका छन् — ‘बन्ला यो म स जा स ता त गुरुले शार्दुलवीक्रीडित।’
घाँसीको कुवा : सिर्जनाको प्रेरणा
भानुभक्तको साहित्य सिर्जनाको सुरूवात हुनुमा एक घाँसीको घाँस बेचेर कमाएको धनले गाउँमा पानी कुवा खनाएको भन्ने विषयबाट भएको हो। भानुभक्तले लेख्नुभएको यो कवितामा यस्तो भाव पाइन्छ:
आजन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् भनेर पछि कुवा खनायो
घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो।मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन् र चिज्हरू छन् घरभित्र नै छन्
त्यस् घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार होस् म कन बस्नु नराखी किर्ती।
नाम् क्यै रहोस् भनेर पछि कुवा खनायो
घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो।मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन् र चिज्हरू छन् घरभित्र नै छन्
त्यस् घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार होस् म कन बस्नु नराखी किर्ती।
घाँस काटेर बेचेको धनले कुवा खनाएको देख्दा म धनी भएर केही गर्न नसकेको भान हुन्छ भानुभक्तलाई र उनले किर्ती राख्नको लागि साहित्य सिर्जनाको माध्यम रोजेका हुन् भन्ने पनि उनको कविताबाट नै पाइन्छ।
भानु जयन्तीको सान्दर्भिकता
नेपाली भाषा साहित्यका पारखीहरूमा भानुभक्तको उपादेयता उल्लेखनीय रूपमा रहेको छ। १९९औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्तमा हजारौं श्रद्धाञ्जली अर्पण स्वरूप यो कविता:
प्रश्नोत्तर गुण गानले भरियको गीता सबैमा बन्यो
जाग्यो ज्ञान र प्रेरणा त उनमा घाँसी कुवा जाँ खन्यो।
आऊ भानु उदाउ फेरि जगमा जोड्दैछु मै अञ्जली
भावै देखि चढाई आदिकविमा हज्जार श्रद्धाञ्जली।।
जाग्यो ज्ञान र प्रेरणा त उनमा घाँसी कुवा जाँ खन्यो।
आऊ भानु उदाउ फेरि जगमा जोड्दैछु मै अञ्जली
भावै देखि चढाई आदिकविमा हज्जार श्रद्धाञ्जली।।
विहेवटुलमा रामायणलाई प्रतिस्पर्धाका साथ गाउने गरिएको छ। यसरी हेर्दा रामायणजस्ता कथानक वा धार्मिक महत्वका ग्रन्थहरूले समाजमा अत्यन्तै विश्वसनीयता पाइराखेका छन्। साहित्यिक पर्वहरूमा पनि भानु जयन्ती अत्यन्त प्राथमिकताका साथ मनाइने गरेका कारण पनि भानुभक्तले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गरिएको छ भन्दा फरक नपर्ला।
“साहित्य सिर्जनामा रहेका र विशेष गरी शार्दुलविक्रीडित छन्दमा लेख्ने साहित्यकारहरूले भानुभक्तलाई बिर्सनु हुँदैन। उक्त छन्दका विकासदाता भानुभक्तका कारण आज अत्यन्त मीठा, रसिला र सबैको मन मष्तिष्क जित्ने साहित्यको सिर्जना हुन पाएका छन्।”
साहित्य · भानु जयन्ती विशेष
आदिकवि भानुभक्त आचार्य · १९९औं भानु जयन्तीको अवसरमा
